Health Care
Welcome to Health Care Management Forum

त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा गुठिको आक्रमण

Go down

त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा गुठिको आक्रमण

Post by Jhankaar Lamichhane on Mon Jul 01, 2013 9:46 pm

- स्वास्थ्य खबरपत्रिका, २०७० असार १६ /
 
त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा आईतबार गुठि संस्थानका कर्मचारीले आक्रमण गरेका छन् । आक्रमणले अस्पतालको प्रशासनिक काममा अवरोध भएको छ भने बिरामिहरु त्रसीत भएका छन् । संस्थानका कर्मचारीले गुठिको घर भन्दै आक्रमण गरेका हुन् । करीब चार महिना अघि गुठि संस्थानले घर जग्गा खाली गरिदिन अस्पताल प्रशासनलाई पत्र पठाएको थियो । आज आकस्मिकरुपमा आएर अभद्र व्यबहार गर्दै अस्पतालका सामान बाहिर फालिदिएको आँखा अस्पताल व्यवस्थापन समितीका सचिव गोपाल पोखरेलले जानकारी दिए । अहिले अस्पताल परिसरमा नेपाल प्रहरिले सुरक्षा दिईरहेको छ ।
 
 
गुठि संस्थानले २०३८ सालमा नै निर्णयगरि अस्पताललाई घरजग्गा दिएको सचिव पोखरेलको भनाई छ । निर्णयमा आँखा अस्पताल सञ्चालनमा रहुन्जेल सम्मका लागि घरजग्गा उपलब्ध गराईएको भनिए पनि आकस्मिक रुपमा गुठिले हस्तक्षेप गरेको भन्दै अस्पताल प्रशासनले आश्चर्य र चिन्ता प्रकट गरेको छ । गुठि संस्थानका कार्यकारी अधिकृत दमन बहादुर घलेले भने अस्पतालले भनेजस्तो केहि निर्णय नभएको दाबी गरेका छन् । उनले यो विषयलाई लिएर गुठिमा बैठक बसिरहेको जानकारी दिए । त्रिपुरेश्वरस्थित आँखा अस्पताल नेपालकै पहिलो आँखा अस्पताल हो । अस्पतालले २०३८ सालदेखि निरन्तर सेवा दिदै आएको छ ।

Jhankaar Lamichhane

Posts : 2
Join date : 2013-04-28
Age : 27
Location : Kirtipur,Kathmandu

View user profile

Back to top Go down

Back to top


 
Permissions in this forum:
You cannot reply to topics in this forum